गुल्मी । दुबै मृगौला फेल भएर उपचारत २६ बर्षिय गुल्मीका सागर रायमाझीको उपचारमा आर्थिक समस्या निम्तिएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी २६ बर्षिय सागर रायमाझीको दुबै मृगौला फेल भएर उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ ।
उहाँको मृगौला प्रत्यारोपण गर्न धेरै लाग्ने भएपछि परिवारले सबैसँग आर्थिक सहयोगको अपिल गर्नुभएको हो । दुवै मृगौला फेल भएपछि काठमाडौं स्थित शिक्षण अस्पतालमा ८ महिनादेखि उपचार भईरहेको छ ।
सागरको उपचारमा हालसम्म धेरै खर्च भइसकेको छ । उहाँको घरमा भएको सबै खर्च उपचारमा सकिएपछि परिवारले सागरलाई आर्थिक सहयोग गरेर बचाइ दिन आग्रह गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण कलिलै उमेरमा पदेशीएका रायमाझी दुवै मृगौला फेल भएपछि अस्पतालको शैयामा हुनुहुन्छ ।
उहाँले सबै नेपालीले आर्थिक सहयोग गरेर आफनो ज्यान बचाई दिन आग्रह गर्नुभएको छ । सहयोगको लागि सागरको आमा विष्णु रायमाझीको बैंक खाता विवरण बैक ग्लोवल आइएमई बैंक, खाता नम्बर ०७००७०१००११८३३ वा सम्पर्क नम्बर ९८४७२३४७६३, ९८४७५७२१२३ उपलब्ध गराइएको छ ।
घरको कमाउने जेठो छोरा नै बिरामी परेपछि यतिबेला रायमाझी परिवारलाई पिडा थपिएको छ । घरको साहारा बनेको छोरानै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिने अबस्था रहेको सागरकी आमा विष्णु रायमाझीले बताउनुभयो ।



S.K. Creative Media Group