गुल्मी गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् ।

इस्मा गाउँपालिकामा आगोलागीबाट धेरै क्षती भएको थियो । त्यसमध्य पनि इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति भएको थियो ।

आगोलागिबाट घरवास गुमाएका नागरिकको लागि आवास निर्माणको काम सकिएको छ । तर घर बनाएको ऋण तिर्न नसक्दा अग्नी पीडितलाई थप समस्या निम्त्याएको इस्मा २ सिदुङ्खका अग्नी पीडित मिना रायमाझीले बताउनुभयो । उहाँले ठेक्कामा दिएर घर बनाउनुभएको थियो । तर घर बनाएपनि ठेक्दारलाई कामदारले पैसा मागेर अत्याउने गरेको दुखेसो उहाँले सुनाउनुभयो ।

सरकारले तोके अनुसार घर निर्माण गरेको र विभिन्न चरणमा किस्ता रकम पाइन्छ भन्ने सुनेपनि अहिलेसम्म पनि घर निर्माणको पैसा तिर्न नसक्दा धेरै समस्या हुने गरेको अग्नी पीडितको बसुन्धारा कुँवरले बताउनुभयो । आगोलागीबाट घरमा भएको र गोठमा भएको सबै गुमाएर पीडित अवस्थामा पुगेकाले सरकारले समयमै घर बनाएको रकम दिएर पीडा बिर्साइदिन आग्रह गर्नुभयो ।

आगोलागिबाट उहाँको घर गोठ र पसल समेत गलेर नष्ट भएको थियो । यी अग्नी पीडितका प्रतिनिधी मुलक समस्या हुन् । इस्मा मात्रै आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए ।

सबै अग्नी पीडितले घर गोठ निर्माण गरेका छन् । तर सबैलाई एउटै समस्या घर निर्माणको लागि पाउनु पर्ने पैसा नभएको छ ।आगलागीबाट सिदुङखामा २६ वटा घरगोठ जलेर नष्ट भएका थिए । दर्जनौ पशुचौपाय पनि जलेर नष्ट भएका थिए ।

आगोलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने व्यवस्था रहेको थियो । त्यसमध्ये इस्मा पालिकाले १ लाख अन्य ४ लाख प्रदेश र संघ सरकारले उपलब्ध निर्णय भएको थियो ।

इस्मा गाउँपालिकाले १ लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले नपाएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । आगोलागिबाट जिल्लाभर मध्ये धेरै क्षती इस्मा गाउँपालिकामा भएको उहाँको भनाई छ । पालिकाले तत्काल गर्न सक्ने सबै कामहरु गरे पनि मुख्य समस्या घर निर्माणको भुक्तानी मै रहेको अध्यक्ष खड्काले बताउनुभयो । पालिकामा अहिले घर बिहिन भएका नागरिकको घर निर्माण गरेका छन् ।

इस्माको सिदुङख्कामा स्थानीय समिति बनाएर पनि रकम संकलन गरिएको थियो । समितिले १६ लाख बढी रकम संकलन गरेर क्षतीको अवस्था मूल्याङकन गरेर पीडित परिवारलाई हस्तातरण गरिएको स्थानीय राहत संकलन समिति अध्यक्ष रमेश थापाले बताउनुभयो । अग्नी पीडितले ऋण खोजेर घर बंगाला निर्माण गरेपनि सरकारले दिनुपर्ने रकम नआउदा समस्या भएको थापाले बताउनुभयो ।

जिल्लाभर रहेका अग्नी पीडितहरुले आवास निर्माण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्रही कायम गरेर रकम निकासाका लागि माग गरिएको छ । तर हालसम्म रकम निकास नभएकाले समयमै भुक्तानी गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । जिल्लामा गतएको वैशाख महिना सहित सुख्खा सिजनमा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए ।

१०० बढी पशुचौपाय जलेर नष्ट थिए । आगोलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ ।जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ ।

जिल्लाका ८० वटा सामुदायिक वनमा आगोलागी भएको छ । सयौं नागरिक घरबार बिहिन भएका छन् । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय