प्यूठान । प्यूठानमा प्रथम स्वर्गद्वारी ईन्डाे नेपाल कराते च्याम्पियनसिप प्रतियोगिता प्यूठानमा सुरु भएकाे छ। शनिबार जिल्ला खेलकुद बिकास समितिको सभाहल पुण्डेखोला प्यूठानमा अन्तर्राष्ट्रिय स्तरको सिताेरियो कराते प्रतियोगिता सुरु भएको हो ।

दुईदिन सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरि २ सय ७० जना खेलाडीले खेलमा सहभागी हुने आयाेजकले जनाएको छ ।

नेपालकाे तर्फबाट प्यूठान, बाके, बर्दिया, दाङ, गुल्मि, कपिलवस्तु, रुपन्देही जिल्लाका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिस्पर्धाका लागि मित्रराष्ट्र भारतबाट पनि खेलाडी सहभागी जनाउने आयोजकले जनाएको छ । दुई देशका खेलाडी सहभागी हुने खेलले दुई देशको आपसी सद्भाव र खेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतको देहरादुन, दिल्ली, पंजाव, चण्डिगड, सिक्किम बाट खेलाडी सहभागी हुने नेपाल सिताेरियाे कराँते लुम्बिनी प्रदेश सदस्य तथा खेल आयाेजक टिमका प्रशिक्षक नमराज रानामगरले बताउनुभयाे ।

कार्यक्रमको प्रमुख अथिती पुर्व योजना आयोगका उपाध्यक्ष तथा काङ्ग्रेस केन्द्रिय सदस्य डा. गोबिन्दराज पोख्रेलले खेलकुद मानिसको स्वास्थ्यको लागि अति महत्त्वपूर्ण भएकोले खेलकुदको चौतर्फी बिकासको लागि सबै तह र सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा दुई दिनसम्म संचालन गरिने खेलकुदको लागि आफुले पाउने मासिक एक महिना बराबरको पेन्सन रकम सहयोग गर्ने बताउनुभयो ।

खेलले मानिसलाई ब्यस्त, मस्त र स्वस्थ बनाउने भएकोले सबैको निम्ति खेलकुदको महत्त्वपूर्ण छ। उहाँले भन्नुभयो, खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन सकेको छैन ।” उहाँले भन्नुभयो, “खेलको बिकासको लागि सरकारले लगानीको दायरा फराकिलो बनाउनु जरुरी रहेको छ।”

नेपालमा खेलकुदको क्षेत्रमा भविष्य राम्रो छ रहेको भन्दै पोख्रेलले भन्नुभयो विगतको तुलनामा खेलकुद केही सुधार भएपनि केही थप सुधारको लागि अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी), जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपेस बस्याल, नौबहिनी गाउँपालिक अध्यक्ष डिलाराम थापा, प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेल, सशस्त्र प्रहरी बलका प्रमुख, ब्यवसायी तथा खेलप्रेमी खेलाडी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय