रोल्पा स्वर्गद्वारी महाप्रभुको जन्म भएको रोल्पाको रुन्टी गाउँमा १ सय फिट अग्लो महाप्रभुको मूर्ति बनाउने योजना अघि सारिएको छ । सहरी विकास मन्त्रालयले पर्यटकीय महत्त्व रहने गरी उक्त योजनाको प्रस्ताव गरेको हो । यसअन्तर्गत महाप्रभुको जन्म भएको गाउँमा नै मूर्ति बनाउने तयारी थालिएको छ ।

महाप्रभुको जन्म रोल्पाको रुन्टी गाउँमा भएको थियो । उक्त गाउँ हाल दक्षिणी रोल्पास्थित रुन्टीगढी गाउँपालिका–९ मा पर्छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय दाङले मूर्ति बनाउने योजनाको सुरुआत गरेको हो ।

कार्यालय प्रमुख खड्गबहादुर चौधरीले स्थानीय तह, सरोकारवाला र पर्यटकीय महत्त्व वृद्धि गर्ने पक्षमा लागेकासँग समन्वय र सहकार्य थालिएको बताउनुभयो ।

त्यस योजनाका लागि सहरी विकास मन्त्रालयले पहिलो चरणमा १ करोड बजेट विनियोजन गरेको छ ।

रुन्टीगाउँमा यसअघि महाप्रभुको स्मृतिमा मन्दिर बनाइएको छ ।
स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम नारायण खत्री हो । ध्यान प्राप्तपछि उहाँ स्वामी कपिलानन्दका नामले चिनिनुभएको थियो । उहाँको जन्म वि.सं. १९१६ साउनमा भएको थियो । स्वर्गद्वारीमा विश्वशान्तिको पवित्र कामनाले अखण्ड महायज्ञ प्रारम्भ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय