गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडा अध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन् । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । ५ जना राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमलले बताउनुभयो ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन। वडामा ४ हजार ५१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । २०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याउनुभएको थियो ।




S.K. Creative Media Group