काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२:१५ बाट सुरु हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ ।




S.K. Creative Media Group