मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिका वडा नं २ किनाममा गौमुखी सामुदायिक होम स्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले एक कार्यक्रमका बीच शनिबार गौमुखी सामुदायिक होम स्टेको उद्घाटन गर्नु भएको हो ।

जिल्लाको पवित्र धर्मिक तिर्थस्थल गौमुखीको पर्यटन प्रबर्द्धनका लागि होम स्टेले सहयोग गर्ने अध्यक्ष गिरीले बताउनुभयो । उहाँले किनाम बस्तीका समुदायलाई आय आर्जनमुखि बनाउन समेत होम स्टे प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

गौमुखी घुम्न आउने पाहुनालाई अर्गानिक खाना खुवाउन र व्यावसायिक रुपमै सञ्चालन गर्न गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले स्थानीयलाइृ आग्रह गर्नुभयो । उहाँले समुदायले होम स्टे सञ्चालनमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

होम स्टे सञ्चालन भए लगत्तै प्यूठानको धार्मिक तीर्थस्थल गौमुखी र लुम्बिनी प्रदेशको सबै भन्दा अग्लो बाइसमुल झरना घुम्न, अवलोकन र स्नान गर्न आउने पर्यटकलाई खान र बस्नको लागि सहज हुने भएको छ । करिब २५ घरको गौमुखी कृषि तथा पर्यटन महिला उद्यमी समुहले उक्त होम स्टे सञ्चालनमा ल्याएको हो ।

होम स्टे उद्घाटन समारोहमा महिला उद्यमी समुहको अध्यक्ष चन्द्रकला थापाको अध्यक्षमा गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम पौडेल, वडा नं २ का अध्यक्ष डोर बहादुर राना, योजना तथा प्रशासन शाखा प्रमुख दुर्गा प्रसाद सुबेदी, इन्जिनियर शिवलाल पुन, कृषि शाखा प्रमुख हुमलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय