प्यूठान । जिल्लामा प्याज खेती विस्तार गर्ने गरि कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरि कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्यूठानले जनाएको छ ।
जिल्लाभित्रका समुह, सहकारीसँग सहकार्य गरेर प्याज खेतीको शुरवात गरिएको परियोजना कार्यान्वय इकाईका प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । “प्याज प्रर्वद्धन कार्यक्रम अन्र्तगत बाहिरबाट धेरै मात्रामा आयात हुने अवस्थालाई कम गर्न कार्यक्रम गरिएको हो,” प्रमुख गिरीले भन्नुभयो, “हामीसँग जमिन पनि छ, थोरै समयमा उत्पादन पनि हुन्छ, त्यसैले प्याज खेती विस्तार गरिदैछ ।”
प्रविधि र कलस्टरमा जोड दिँदै ठूलो क्षेत्रफलमा विस्तार गर्ने मोडेल अवलम्बन गरिएको कार्यालयले जनाएको छ । धेरै किसानले माग गरेकाले ठूलो स्केलमा खेती गर्ने गरि सहकारी÷समुहसँग सहकार्य गरिएको प्रमुख गिरीको भनाई छ ।
प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिकाका २०÷२२ वटा समुह÷सहकारी मार्फत खेती हुँदैछ । अहिले सामुहिक रुपमा नै नर्सरी स्थापना गरिएको छ । प्याजको उत्पादनसँगै जातिय परीक्षण समेत गरिनेछ । जिल्लाको हावापानी सुहाउँदो र बजारमा उपलब्ध जातलाई परीक्षणको हिसावले पनि लगाइएको गिरीले बताउनभुयो । मौसमी र बेमौसमी हिसावले उत्पादन गर्ने कार्यालयको योजना रहेको उहाँको भनाई छ ।



S.K. Creative Media Group