प्यूठान । हास्य टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रोमो सार्वजनिक गर्दै सिजन २ को घोषणा गरिएको हो।
पहिलो सिजन २२८ भाग प्रसारणमा आएको सिरियलको आगामी सोमबारबाट दोस्रो सिजन आउन लागेको हो ।
सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहना अनुरूप कलाकारहरूमा केही परिवर्तन र मेकिङमा पनि थप स्तरीय बनाउँदै दोस्रो सिजन ल्याउन लागिएको बताउनुभयो ।
https://youtu.be/i8UL0mzWEAI?si=TktxogFWbxXQA0_q
एपिवान टेलिभिजनमा ८ बजे र भटभटे माइला युट्युब च्यानलमा ८ः३० बज प्रसारण हुनेछ। सिरियलमा बेगम नेपालीसहित शंकर आचार्य, बिनोद राई, कुलबहादुर अधिकारी, रेशम सापकोटा, दीया जीसी, आशा विश्वकर्मा, देवकुमार महर्जन, सुदर्शन खतिवडा, बेगम पुन मगर, सञ्जीव तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ।



S.K. Creative Media Group