रोशनी परियार
मेरी आमा,
कहिलै भान्सा भन्दा बाहिरको
संसारमा रमाइननन्,
खाना अति मीठो बनाउछिन
कि कोइ तारिफ नगरी आज सम्म गएनन्।
मलाई अझै सम्झना आउछ
आमा आउथिन छेउमा बसेर
सवजी काट्थिन,
अनि सँगै मलाई पढाउथिन ।
मेरि आमाको
केही नराम्रो बानी छ
आफ्नो चुटेको चप्पल नफेरी
मलाई जुत्ता किनि दिन्थीन
आफूले नखाइ नखाइ,
मिठा मिठासबै मलाई दिन्थीन् ।
भन्छिन् तिमी त
मेरी प्राण प्यारी हो,
पनि भन्छु
यो प्राण तिमी बाटै आएको हो ।
आमाको बयान
नत कुनै शब्दले बताउन सक्छ,
न त कुनै माहाकाव्यले बताउन सक्छ ।
आमा भन्ने बित्तिकै
सबै थोक हो जस्तो लाग्छ,
आमा आकाश हौ तिमी’
आमा शितल जल हौ।
आमा न्यायो प्रकाश हौ तिमी,
आमा ब्रमाण्ड हौ तिमी,
आमा सुन्दर प्रकृति की तिमी ।.
आमा आनन्द हौ
खुसी हौ।
प्रेमको अर्थ हौ।
परम सुख हौ।
आमा हौसला हौं तिमी,
आमा सफलताको कारण हौ तिमी,
आमा आनन्द हौ तिमी,
आमा जीवनको प्रमाण हौ।
मेरि आमा नै मेरो प्राण हौ।
रोशनी परियार, देवदह मावि, रुपन्देहीमा कक्षा ११ मा अध्यायनरत विद्यार्थी हुनुहुन्छ ।



S.K. Creative Media Group