शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य बोमबहादुर बिश्वकर्माले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै तागतले हराउन नसक्ने बताउनु भएको छ । नेकपा एमाले सन्धिखर्क १० वडा कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा,बिकास र समृद्धिको निम्ति नेकपा एमालेको विकल्प नभएको बताउनुभयो ।

उहाँले नेकपा एमालेले बहुमत ल्याउन नसक्दा मुलुकमा राजनीतिक अस्थिरता आएको स्मरण गराउँदै ,आसन्न निर्वाचनमा जनताले एमालेलाई बहुमत दिएर पठाउने दाबी गर्नुभयो ।

वर्तमान सरकार अहिलेको अपरिहार्य आवस्यकता भएको भन्दै उहाँले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अगाडी नबढेको भए मुलुकले ठुलो मुल्य चुकाउनु पर्ने परिस्थिति सिर्जना भएको वताउनु भयो । उहाँले सरकार बनाउनको लागि मात्र एमाले र कांग्रेस बीच सहकार्य नभएको भन्दै देश र जनताको पक्षमा ठोंस काम गर्नेगरी योजना बनेको वताउनु भयो ।

एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज समेत रहनु भएका उहाँले अरु पार्टीमा रहेका इमान्दार कार्यकर्तालाई मुलधार नेकपा एमालेमा गोलबन्ध भएर देश र जनताको पक्षमा दृढता पुर्वक खडाहुन आग्रह गर्नुभयो । जिल्लामा निर्वाचन पछि पनि अन्य पार्टी बाट धेरै नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएको भन्दै उहाँले अरु पार्टी बाट समाहित हुने कमरेडहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिन कुनै कन्झुस्याई नगरिने वताउनु भयो ।

नेकपा एमाले १० नम्वर वडा कमिटीका अध्यक्ष ऋषिकेश भुसालको अध्यक्षता र हरि प्रसाद मरासिनीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर कमिटीका सहजकर्ता मोतिजङ्ग रायमाझी,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर पालिकाका उपप्रमुख मिश्रा आचार्य,सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसाल,जिल्ला कमिटी सदस्य लक्ष्मी नारायण चुँदाली,शान्ता नेपाली लगायतका वक्ताले मन्तव्य राख्दै जुझारु संगठन निर्माणको निम्ति सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनले हरिप्रसाद मरासिनीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटीको चयन गरेको छ । कमिटीको उपाध्यक्षमा शेरवहादुर ढकाल,सचिव कल्पना क्षेत्री,उपसचिव शरिता चुँदाली र प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ । यसैवीच आजै भएको महिलाहरुको भेलाले मालता भुसालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ सन्धिखर्क १० वडा कमिटीको गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय