काठमाडौं । आज देखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । उप-विजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीले कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय