रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि निर्माण गरिएको पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीका अनुसार झोलुंगे पुलको पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । घटनामा परेर दुई महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



S.K. Creative Media Group