देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमणमा आईपुग्नुभएका एक सय ४० जना ज्येष्ठ नागरिकलाई स्वागत गर्नु भएको छ । बागमती प्रदेश स्थित लिखु तामाकोशी गाउँपालिका–६ रामेछाबाट लुम्बिनी प्रदेशका पवित्र धार्मिक तिर्थस्थलहरुको भ्रमणमा आउनुभएका ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा स्वागत गर्नु भएको हो ।
सो क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक तिर्थाटनको लागि सबैहिसावले उपयुक्त भएको जानकारी दिदै भ्रमणमा निस्कन सबैमा आह्वान गर्नुभयो । प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटको अवधारणा विकास गरेको जानकारी दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेश भित्रका अन्य धार्मिक तथा पर्यटकीय स्थलसंग जोडन थालिएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश ऐहाँसिक, पुरातात्त्विक सम्पदाले भरिपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमणको गतिलो गन्तब्यस्थल बनेको बताउनुभयो ।

‘गौतमबुद्ध जन्मस्थल लुम्बिनी अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । संगसंगै स्वर्गद्वारी ऐतिहाँसीक, पुरादायित्वक हिवासले महत्वपूर्ण थलो हो । यहाँहरु लुम्बिनी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा आउनु भएकोमा हार्दिक स्वागत गर्दछु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश राजधानी स्थापना भएको देउखुरी र दाङ उपत्यका भ्रमण अवस्य गर्नुहोला ।’
लुम्बिनी प्रदेशलाई पर्यटकीय हव बनाउनेगरी प्रदेश सरकारले अघि बढाएको लुम्बिनी पर्यटन सर्किट अभियान प्रभावकारी हुने राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेलले बताउनुभयो ।
पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर हरेक स्थानलाई सर्किटले जोड्न सक्दा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गर्नु भयो ।‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएको योजनाहरु सार्थक छन् । लुम्बिनी पर्यटन सर्किटलाई अझ व्यापक बनाउन जरुरी छ’पोख्रेलले भन्नुभयो,‘पर्यटकीय क्षेत्र एउटा विकास र सम्भावनाको आधार स्तम्भ हो ।’ लिखु तामाकोशी–६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपानले हरेक बर्ष वडा भित्रका ज्येष्ठ नागरिकलाई यसैगरी भ्रमण गराउदै आउनु भएको छ ।



S.K. Creative Media Group