कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल बिजयी हुनुभएको छ ।
प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतको अन्तरले पराजित गर्दै भुसाल अध्यक्ष पदमा विजयी हुनुभएको हो । भुसालले ४२ मत प्राप्त गर्दा पाण्डेले ३९ मत प्राप्त गर्नुभयो ।
भुसाल महासंघको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । उपाध्यक्ष खगप्रसाद चापागाईँ, सचिव सनिउल्लाह धोवी र कोषाध्यक्षमा मोहन बेल्वासे निवार्चित हुनुभएको छ ।



S.K. Creative Media Group