प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सवमा सम्भव भएजति प्यूठानी कलाकारलाई समेट्ने योजना रहेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानले बताउनुभएको छ ।
प्यूठान घर भएका काठमाण्डौ लगायत बाहिरी जिल्लामा रहेर कलाकारितामा जमेका कलाकारलाई अधिकतम समेट्ने प्रयास गरिएको उहाँले बताउनुभयो। ‘कला गला भएकालाई जोड्दै जानेछौं,’ उहाँले भन्नुभयो । ‘केहि कलाकारको लिस्ट बनिसकेको छ ।’
मेला यहि पुस ५ देखि १७ गतेसम्म प्रस्तावित प्रदर्शन स्थल प्यूठान नगरपालिका – ७ टीकुरी बसपार्क नजिकै झिम्रुक नदी किनारमा लाग्दैछ। प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले मेलाको आयोजना गर्न लागेको हो ।
महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुहुने आयोजकले जनाएको छ । महोत्सवको तयारी तिब्र पारिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक खानले जानकारी दिनुभयो ।



S.K. Creative Media Group