प्यूठान । जिल्लाको टीकुरी बसपार्क नजिकै हुन लागेको प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ को  भोलि समुद्घाटन हुँदैछ। महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

त्यस्तै समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आउने बताइएको छ । कार्यक्रममा जिल्लाका सांसदहरु, स्थानीय तहका प्रमुखहरू, लगायतको उपस्थिति रहने मेला मूल आयोजक समारोह समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिका-७, टीकुरी बसपार्क नजिकै पुस ५ गते शुक्रवार मध्यान्न १ बजे महोत्सवको स्थानीय झाकी सहित भब्यरुपमा समुद्घाटन हुने आयोजकले जनाएको छ । कृषि तथा पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित यस क्षेत्रमा उत्पादन हुने सामाग्रीको बजारीकरणमा समेत महोत्सव फलदायी हुने प्यूठान नगर बजार क्षेत्रका सचीव कमल पौडेलको भनाई छ ।

मेलामा विभिन्न झाकी सराय नाँच, डान्स आइडल, कृषि प्रदर्शनी, डकुमेन्ट्री र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । प्यूठान नगरपालिका- ७ टीकुरी बसपार्क नजिकै झिमरुक नदि किनामा रहेको प्रस्तावित प्रदर्शनी स्थलमा यहि पुस ५ देखि १७ गतेसम्म प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा मेला लाग्दै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय