प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ आजदेखी शुरु भएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य सूर्य थापाले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले भित्रिकोट सहित जिल्लाको विकासका लागि प्राथमिकताका आधारमा सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले जिल्लाको विकास भएन भनेर आलोचना गर्नु भन्दा पनि स्थानीय तहले आफ्ना योजनाहरुको प्राथमिकिकरण गरी तीन तहको सरकार र जनप्रतिनिधिहरु बीचको सहकार्य रहनु पर्ने बताउनुभयो । उहाँले भित्रिकोटको विकास गर्ने योजना अघि बढिसकेको उल्लेख गर्नुभयो । भित्रिकोट र झाक्रिस्थानलाई जोड्ने गरी काम भइरहेकोले भित्रिकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने थापाले आश्वस्त पार्नुभयो ।

निजि क्षेत्रले अहिले जे जस्तो समस्या र अफ्ट्यारो भोगिरहेको छ त्यो समस्या समाधान गर्दै नीति नियममा संसोधन गरि लगानिको बाताबरण सहज बनाउन सरकारले काम गरिएको बताउनुभयो । अफ्ट्यारो हटाउने गरि सरकारले छिट्टै निजि क्षेत्रमा लगानी सुरक्षीत र फराकिलो बनाउदै लैजाने बताउनु भयो । उहाँले निजि क्षेत्रको समस्या हटाउने र यश क्षेत्रमा लगानी बढाउदै रोजगारी सृजना गर्ने तर्फ लागिपरेको बताउनुभयो ।

कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य तुलसीराम शर्मा, प्रदेश सभा सदस्य निमा गिरी, संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी लुम्बिनी प्रदेशका पुर्व अर्थ मन्त्री कृष्ण ध्वज खड्का, जिल्ला समन्वय समितिका प्रमुख धर्म बहादुर जिसी, नेपाल उद्योग संघका केन्द्रिय सदस्य किसोर आचार्य, नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, प्यूठान उद्योग वाणिज्य संघ अध्यक्ष पशुपति नारायण नकर्मी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख उद्योगी व्यापारी पत्रकार लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले महोत्सव सञ्चालन गरेको हो । प्रस्तावित प्रदर्शनी स्थल प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि शुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजले जनाएको छ ।

“कृषि, पर्यटन,उद्योग र व्यापार, समृद्ध नगरको बलियो आधार” भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघ, प्युठान नगर बजार क्षेत्रद्वारा आयोजित महोत्सवको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानको अध्यक्षता र कार्यक्रम सञ्चालन सचिब कमल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय