प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सवमा पुस ८ गते सोमबार लोक तथा दोहोरी क्षेत्र र पप तथा आधुनिक क्षेत्रका चर्चित कलाकार आउने भएका छन ।

चर्चित लोकदोहोरी गायक शिव हमाल, गायिका सम्झना लामिछाने सहित चर्चित पप तथा आधुनिक गायक महेश काफ्ले आउने आयोजकले जनाएको छ । त्यसैगरी प्यूठान डान्स आईडल विरा घर्तिमगर सहितका कलाकारहरुको विशेष प्रस्तुती रहनेछ ।

महोत्सवमा प्यूठान डान्स आईडल सिजन २ समेत चलिरहेको छ । आईडलका प्रतियोगीहरुले समेत महोत्सवमा आफ्नो प्रस्तुती राखिरहेका छन् । पुस १७ गतेसम्म मेला चल्दैछ । प्रस्तावित प्रदर्शनी स्थल प्यूठान नगरपालिका–७ टीकुरीमा लागिरहेको मेलाको मुख्य आयोजक प्यूठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय