प्यूठान । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आउने आयोजकले जनाएको छ । पुस ९ गते मंगलबार लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक पंगेनी आउने तय भएको हो ।
पंगेनीको कन्या राशी बोलको गीत अहिले चर्चामा छ । नातिनातिना, छोराछोरी देखी हजुरआमा हजुरबुवासम्मलाई पंगेनीको गीत मन पर्छ । मन थिएन जोगी बन्नलाई, लाउ चेली सिन्दुर लाउ, ससुरालीमा, पैसा सापटी लगायतका गीत बहुचर्चित छन ।
मंगलबार कर्णराज गिरी, सपना गाहा लगायत कलाकारको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।



S.K. Creative Media Group