प्यूठान । चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आउन लाग्नुभएको छ । पुस १० गते बुधबार लोक तथा दोहोरी क्षेत्रमा चर्चित शान्तिश्री आउने आयोजकले जनाएको छ ।
बुधबार सार्वजनिक विदा समेत रहेकाले शान्तिश्रीको उपस्थितीमा महोत्सवको माहोल राम्रो बन्ने आयोजकले अपेक्षा गरेको छ । शान्तिश्रीको पछिल्लो गीत हियारै जलाउने, घामपानीको छाता, लौननी भैया चर्चित छन् ।
यसअघिका बोल माया, गोर्खे खुकुरी, अरेली काँडैले लगायत बहुचर्चित गीत गाएर शान्तिश्रीले नेपाली लोकदोहोरी क्षेत्रमा जरा गाड्नुभएको छ ।



S.K. Creative Media Group