प्यूठान । चर्चित लोक दोहोरी गायिका ज्योती मगर प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आज आउन लाग्नुभएको छ । पुस ११ गते विहीबार लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायिका ज्योती मगर आउने आयोजकले जनाएको छ ।

ज्योती मगरसँगै लोक तथा दोहोरी गायक राजु परियारको पनि प्रस्तुती रहनेछ । महोत्सवमा प्यूठान डान्स आईडलका प्रतियोगीको समेत प्रस्तुती दैनिक रहदै आएको छ ।

बुधबार सार्वजनिक विदा समेत रहेकाले महोत्सवमा दर्शकको भीडभाड रहेको थियो । बुधबार शान्तिश्री परियार सहित कलाकारको प्रस्तुती रहेको थियो । मेला यहि पुस १७ गतेसम्म लाग्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय