प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सव आज एक दिन संचालन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको राजनीतिक दल, प्यूठान नगरपालिका र सुरक्षा निकायबीचको छलफलमा आज मात्र महोत्सव संचालन गर्ने समझदारी गरेको हो ।

 

‘आज एक दिन महोत्सव स्थलमा कार्यक्रम गर्ने सहमति भयो,’ एमाले प्यूठानका सचिब इन्द्रमणी पोख्रेलले भन्नुभयो, ‘आज ४ बजेसम्म मन्च कार्यक्रम गर्ने सहमति भएको छ ।’ महोत्सव स्थलमा भोलि कार्यक्रम हुने छैन । औपचारिक समापन महोत्सव सचिवालयमा गर्ने आयोजक समितिका अध्यक्ष प्यार अलि खानले बताउनुभयो । आयोजकले आज निशुल्क प्रबेशको ब्यबस्था मिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय