प्यूठान । नौबहिनी गाउँपालिकाले विभिन्न विधाका खेलाडीलाई सम्मान गरेको छ । नौबहिनी गाउँपालिका जन्मेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुदमा योगदान पु¥याएका खेलाडीलाई गाउँपालिकाले एक कार्यक्रम गरि सम्मान गरेको हो ।

पालिकाले राष्ट्रिय क्रिकेट खेलाडी तुल बहादुर थापा मगर, अन्र्तराष्ट्रिय अल्ट्रा धावक दामोदर बुढामगर, अन्र्तराष्ट्रिय अल्ट्रा धावक हुमी बुढामगर, अन्र्तराष्ट्रिय÷प्रोफेसनल थाई बक्सिङ्ग गुमान घर्तिमगर, राष्ट्रिय भलिवल खेलाडी कमला शाही र अन्र्तराष्ट्रिय कराँते नमराज रानामगरलाई सम्मान गरिएको हो ।

खेलाडीहरुको प्रोत्साहन र हौसलाका लागि पालिकाले खेलाडीहरुलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । गाउँपालिकाका कुनाकन्दराका प्रतिभाहरु अहिले राष्ट्रिय÷अन्र्तराष्ट्रिय स्तरमा पुग्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । कडा मिहेनत र परीश्रम गरेर खेलको माध्यमबाट अगाडी बढेका खेलाडीहरुले देशको नाम उचो बनाउने काम गरेको बताउनुभयो । दुर्गम गाउँबाट पनि उत्कृष्ट खेलाडी बन्न सकिने उदाहरण प्रस्तुत गरेको भन्दै अध्यक्ष थापाले बधाई दिनुभयो ।

सम्मानित हुनुभएका अन्र्तराष्ट्रिय अल्ट्रा धावक दामोदर बुढामगरले पालिकाले सम्मान कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्र र खेलाडीको विकासका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा लगाडी बढाउन समेत आग्रह गर्नुभयो ।
पालिकाले खेलाडीलाई नगद २० हजार रुपियाँ सहित दोसल्ला, मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय