दाङ । घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर –६ हात्तीखौवा चोकनजिक ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ७ का ५६ वर्षीय जंगबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएकोे छ । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षीय तीर्थबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ ।
उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका –१६ का ४५ वर्षीय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



S.K. Creative Media Group