प्यूठान । दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा माण्डवी गाउँपालिकाका पूर्वअध्यक्ष श्रीधर रोका मगरले अस्पतालमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम पाउँदा बोहोराले खुसी व्यक्त गर्दै सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्नुभयो । बोहोराको उपचारका लागि सामाजिक सञ्जालमार्फत विशेष सहयोग अभियान सञ्चालन गरिएको थियो । जसअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए। अभियानलाई अझै निरन्तरता दिइने अभियन्ता पदम बहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय