प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको सचिवालय भवन शिलान्यास गरिएको छ ।
शनिबार प्यूठान नगरपालिका -४ विजुवार नजिकै निर्माण हुने भवनको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले शिलान्यास गर्नुभएको हो ।
संघको आयोजनामा संचालित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ को आम्दानी रकमले भवन बनाउन लागिएको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अली खानले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माणका लागि १८ लाख रुपैयाँ लागत प्रस्ताव गरिएको छ ।
शिलान्यास कार्यक्रममा संघका पदाधिकारी, बजार क्षेत्रका पूर्व पदाधिकारी तथा व्यवसायिहरुको सहभागिता रहेको थियो ।



S.K. Creative Media Group