काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो । त्यस्तै निगमले सार्वजनिक गरेको नयाँ दररेट अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले मूल्य घटेको जानकारी दिएको छ। नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६३ र डिजेल तथा मट्टीतेल १ सय ५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगंज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगंज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४८ रूपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ६२ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ५० रूपैयाँ पर्नेछ। त्यसै गरी तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ६३ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ५१ रूपैयाँ कायम भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय