प्युठान । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) प्युठान शाखाले राष्ट्रिय सूचना तथा प्रविधि दिवस मनाएको छ। शुक्रबार प्युठान नगरपालिका-८ बाग्दुलामा प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाएको हो ।

कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) प्युठान शाखामा आबद्ध सदस्यहरु जम्मा भएर हतमा प्लेकार्ड ब्यानर सहित बाग्दुला बजार परिक्रमा गरेर जनता माध्यमिक बिद्यालय बाग्दुलामा आएर अन्तरक्रिया गरिएको क्यान महासंघ प्युठानका अध्यक्ष एकराज बुढाथोकीले जानकारी दिनुभयो ।

सूचना प्रविधिको बिकास सँगसँगै उतिकै खतरा र असुरक्षा बढेकोले सजक भएर सूचना प्रविधिको उपयोग गर्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो । पछिल्लो समय सूचना प्रविधिको महत्व र दायर फराकिलो बन्दै गएकोले सबैले प्रविधिको उचित प्रयोगमा जोड दिन क्यान महासंघ लुम्बिनी प्रदेश सदस्य तुलस रोकाले अग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय