रिजन गिरी, प्युठान । प्युठान दहखोला स्थित शिद्ध मन्दिरमा आज (शनिबार) यहाँका दशनामी महन्त गिरीहरुले कुलपुजा गर्ने तयारी गरेका छन् । शिद्ध मन्दिरमा कुल पूजाको लागि सजावट तथा सरसफाइ गर्ने काम सकिएको जानकारी दिएको छ ।

तिहारको तेस्रो दिन तिहारे पञ्चमीको दिन सबै दाजुभाइ इष्टमित्र आफन्त जम्मा भइ सामुहिक कुलपुजा गर्दै आएको छ । गाउँका सबैजना भेलाजम्मा भएर भण्डारा लगाएर खुवाउने गरिन्छ । तिहारे पञ्चमीको दिनलाई यहाँ बसोबास गर्ने महन्त गिरीले कुलपुजाको रुपमा मान्यता दिइदै आएको हो ।

कुल पूजा समितिका अनुसार विगतजस्तै यो वर्ष पनि झिमरुक गाउँपालिका-६ दहखोला स्थित शिद्ध मन्दिर कुल पुजाको लागि तयारी र सजावटको काम सकिएको जनाएको छ ।

मन्दिरको व्यवस्थापनको लागि कुलपूजा समितिले एकदिन अगिनै बैठक बसेर पुजाको लागि लैजाने सामाग्रीको वितरण तयारी गरिएको र विभिन्न खालका साँस्कृतिक परम्परा सहितको भैलो नाच कार्यक्रम समेतको आयोजना गरिने जनाइएको छ ।

मौलो पुजेर सबै विधि अनुसार पुजा आराधना सकेर प्रसादको रुपमा त्यही मन्दिरमा बनाइएको हलुवा, खिर, रोटि, अचार, तरकारी, अचारलाई आफन्त र पाहुनालाई खान दिने चलन रहेको छ ।

आज नयाँ लिङ्गो फेरेर, लिङ्गोको टुप्पोमा गेरुरंगको कपडाको ध्वजा बनाई चढाउने गरिन्छ । मौलो पुजेर सबै विधि अनुसार पुजा आराधना सकेर प्रसादको रुपमा त्यही मन्दिरमा बनाइएको प्रदादको ‘खीर, हलुवा, भिन्न प्रकारको रोटी, दहि केरा अन्य फलफुल र विभिन्न प्रकारका तरकारी अचार’ बनाई मन्दिरमा चढाएर मात्र भक्तजहरुले ग्रहण गरिन्छ ।

दहखोले दशनामी गिरी महन्तहरु अहिले प्युठान, दाङ, काठमाडौं, गैंडाकोट, टिकापुर, कैलाली, बुटवल भारतको आसाम बर्मा समेत रहेको छन । अहिलेसम्म करिब १०० बढी घरधुरीमा फैलिएको छ ।

करिब ३०० सय वर्ष अगाडि भारतको काश्मिर राज्यमा गोबिन्द चन्द (ठकुरी वंश) राजाको राजकाज रहेको थियो । त्योबेला त्यहाँका एक छिमेकी मुस्लिम राजासंग लडाइँ हुँदा पराजित भएपछि गोबिन्द चन्द आफ्ना चेला सहित सुरक्षित स्थानको खोजिमा नेपालको प्युठान दहखोला आएको निकै पुरानो किबदन्ती रहेको छ ।

काश्मिरको लडाइँमा पराजय भएपछि उहाँ सन्यासी भएर नेपाल आएको र साथमा ४ जना ब्यक्ती समेतलाई लिएर आएको भनाइ छ । कास्मिरबाट नेपालको प्युठान आएपछि दहखोला गैराबरीमा मौलो बनाइ छेउमा कुटी बनाएर बसेको भन्ने किबदन्ती छ ।

खास गरि कुलपुजामा विश्व शान्तिको लागि मारकाट गर्नुहुदैन भन्ने कुराबाट प्रभावित भएर बोका बोली नगरिएको भनाइ छ । युद्धमा हारेर नेपाल आएपछि विश्व शान्तिको लागि भन्दै कुलपुजामा बोका बली गर्नुको सट्टा खीर, हलुवा, भिन्न प्रकारको रोटी, दहि केरा अन्य फलफुल र विभिन्न प्रकारका तरकारी अचार’ बनाई प्रसादको रुपमा ग्रहण गरिने प्रचलन रहेको जानकारहरु बताउछन् ।

फाइल फोटो:

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय