प्यूठान । नेपाली कांग्रेस प्यूठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारीस गरेको छ । जिल्लाबाट प्रत्यक्ष निर्वाचनका लागि प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारीस गरिएको सचिव एनपि मगरले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ देवीराम पुन र निशा योगीको नाम सिफारीस भएको छ । राष्ट्रिय सभा सदस्यका लागि दिवाकर गौतम, ईश्वर सिंह विष्ट, मुक्ति प्रसाद शर्मा, भगवता विष्ट, मान बहादुर ओली, तिलक कुमार विक, सनत श्रेष्ठ, खगेश्वर थापा र कमल पोख्रेलको नाम सिफारीस गरिएको छ ।
आकांक्षी उम्मेदवारहरुको नामलाई जिल्ला समितिको बैठक बसेर सर्वसम्मत रुपमा सिफारीस गरिएको नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group