प्यूठान । किशोर किशोरीको हक अधिकार प्रर्वद्धन गर्न समाजका धार्मिक अगुवाहरुको भूमिकालाई प्रभावकारी बनाउन थालिएको छ । युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत परियोजना लागु भएका क्षेत्रका धामिक अगुवालाई किशोरकिशोरीलाई अधिकारबाट बञ्चित हुन नदिन र बालविवाह न्यूनिकरण अभियानमा जोड्न लागिएको हो ।

परियोजना प्यूठानको गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा विगत एक वर्षदेखी लागु भएको छ । धार्मिक अगुवाहरुसँग आज दोस्रो त्रैमासिक संवाद शत्र सञ्चालन गरि लैंगिक हिंसा, बाल बिवाह, किशोरकिशोरीको अवस्था लगायतका विषयमा छलफल गरिएको थियो । सहभागी धार्मिक अगुवाले आफ्नो समाजमा किशोरकिशोरीको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने प्रतिवद्धता समेत जनाएका छन् ।

किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम युएसएआइडीको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग, एवं मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठान, जपाईगो, एचडिआई, नेपाल सिआरएस कम्पनी र नेपाल युवा संस्था सञ्जाल (आयोन) को साझेदारीमा सञ्चालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय