अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका- ७ नन्देगडाको सुयडामा ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुने ५ जना मेल्लेख गाउँपालिका-१ क्रषीदहका रहेका छन् । मुत्यु हुनेमा ५५ वर्षीया रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी रहेका प्रहरीले जनाएको छ । घाईते ३ जना लालहादुर धामी, हंस धामी र देवेन्द्र धामीको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख सन्तोष पाठकले बताउनुभयो । बिहान ९ बजेर ४५ मिनेटमा ट्याक्टर एक्कासी अनियन्त्रीत भई २०० मिटर तल खसेको डिएसपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय