प्यूठान । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पछिल्लो समय मिडिया क्षेत्र धराशायी बन्दै गएको बताउनुभएको छ । कोभिड-१९ पछि मिडिया क्षेत्र धराशायी बन्दै गएको र संचारकर्मीको पेशा संकटमा पर्न थालेको बताउनुभएको हो ।

नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिवेशनमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकार सदस्यता शुद्धिकरणको बिषय असल नियतले आएपनि अहिले विभिन्न तवरले गिजोलिएको बताउनुभयो । पत्रकार महासंघलाई कृयाशिल सदस्यहरुको संस्था बनाउने उदेश्य रहेको बताउनुभयो ।

उपाध्यक्ष जिएमले सदस्य शुद्धिकरणको बिषयमा १ हजार ७ सय उजुरी परेको बताउनुभयो । जिल्लाले र प्रदेशले पठाएको सदस्यको विवरण केन्द्रमा प्राप्त भएको र अभिलेखिकरण गरेपछि टुंगोमा पुग्ने बताउनुभयो ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हकहितका लागि काम गर्दै आएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय