प्यार अलिखान
प्युठान । नव-आगन्तुक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले आफु व्यवसायिक सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ।
प्यूठान उद्योग वाणिज्य संघले शुक्रबार संघको सचिवालय खलंगामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो , ‘निजी क्षेत्रको सुरक्षाका लागि हामी सदैब प्रतिबद्ध तथा कटिबद्ध हुनेछौं।’
प्रजिअ अर्यालले कानुन सम्मत तवरले व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो। उपभोक्ताको जनस्वास्थ्य प्रति उत्तरदायित्व सहितको व्यापार व्यवसाय प्रवर्द्धनमा निजी क्षेत्रसंग स्थानीय प्रशासन सदैव सहकार्य गर्न तयार रहने उहाँले बताउनु भयो।
‘स्थानीय उत्पादनको बजारिकरणमा उद्योग वाणिज्य संघले ज्यादा पहल गर्नुपर्यो।’ प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, ‘आयात प्रतिस्थापन गर्ने तर्फ हामी सबै नयाँ ढंगबाट लागौं।’
स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागी अगुवा व्यवसायीहरुले जिल्लामा मौलाउँदै गएको अनधिकृत झोले कुम्ले व्यापार नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभएको छ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष दधिराम भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने पूर्व अध्यक्ष इमान सिंह भारतीले संघको पृष्टभूमिबारे जानकारी गराउनु भएको थियोे । संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव सन्देश आचार्यले गर्नुभएको थियो।



S.K. Creative Media Group