प्युठान । प्युठानमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा हुने कैयन विकृति र विसंगति अन्त्यको लागि मिडियाको महत्त्वपूर्ण भुमिका हुनेभएकाले पत्रकारले जिम्मेवार भएर कलम चलाउनुपर्ने बताउनुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले सामाजिक कुरिती अन्त्य गरि समाज रुपान्तरणमा प्रशासन र मिडियाकर्मी बीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

जिल्लामा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्दै जनताको शान्ती सुरक्षाको प्रत्याभूत गराउन लागिपर्ने प्रजिअ अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्को लागि जिल्लाका संचारकर्मीहरुको सहयोग आवश्यक रहेकोले सहकार्य गरेर जानुपर्ने बताउनुभयो । कार्यालयले सेवाग्राहीसँग प्रगाढ सम्बन्ध स्थापित गर्दै सेवासुबिधालाई थप प्रभावकारी र जनमुखी बनाउन आफ्नोतर्फबाट हुने सबै पहलकदमी लिने बताउनुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा आमनागरिकले महसुस गर्ने गरी कायम राख्ने बताउनुभयो ।


त्यस्तै कार्यक्रमना पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजालले प्युठान जिल्ला बिपदको हिसाबले अत्यन्तै जोखिम रहेकोले विपद प्रतिकार्यको लागि तयारीको खाचो रहेको औल्याउनु भयो । स्थानीय तह र जिल्ला बिपद ब्यवस्थापन समिती बिच समन्वयात्मक भुमिका निर्वाह गरी तर्जुमा गरिएका योजना तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसको लागि सबै स्थानीय बिपद ब्यवस्थापन समितिलाई कृयाशिल बनाउनुपर्छ ।” जिल्लामा सुचना सहज रुपमा पाउन सकिएको छैन । त्यसको लागि कार्यालयहरुबाट सूचना सहजरुपमा पाउने बाताबरण गर्नुपर्नेमा चासो दिनुपर्ने बताउनुभयो ।

जिल्लामा बढ्दो आत्महत्याका घटनाले चुनौती थपिदै गएकोले न्यूनीकरणमा स्थानीय प्रशासन र स्थानीय तहले ध्यान दिनुपर्नेमा पत्रकारहरुको जोड थियो । त्यस्तै जिल्लामा रहेको सवारी साधन र भाडादर, बढ्दै गएको मदिराजन्य समस्या, विकास आयोजनाहरुको गुणस्तर ढिलासुस्ती र फितलो कार्यान्यन, अस्पताल हुने समस्या, ठाउँ ठाउँमा विद्युतीकरणर समस्या, जिल्लामा भित्रिने तरकारी, फलफुल र खाद्य वस्तुको गुणस्तरको नियमन, सडक दुर्घटना, फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव, विचौलियाको प्रभाव, लागुऔषधको ओसारपसार विक्री वितरण, चोरी डकैतीका घटना, टिपर चालकको लापरबाही महिला हिंसा बालविवाह लगायतका बिषयमा पत्रकारले जिज्ञासा् राखेका थिए ।

पत्रकारहरूले उठान गरेका सवालहरू जिल्लाका लागि महत्त्वपूर्ण भएकोले समाधानका लागि आम नागरिक, पत्रकार सबैको सहयोग आवश्यक छ, प्रजिअ अर्यालले भन्नुभयो, “पत्रकारहरुले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको छु” क्रमशः कार्यान्वयन गर्दै लैजान प्रतिबद्ध छु।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापा सहायक प्रमुख जिल्ला अधिकारी प्रशासन अधिकृत, कर्मचारी र जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय