प्युठान । जिल्लामा कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघ प्युठानको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार जनता माबि बाग्दुला प्युठानमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
पछिल्लो समयमा मुलुकको विकासको मेरुदण्ड नै सूचना तथा सञ्चार प्रविधि भएकोले यसको उच्चतम प्रयोगले मात्र डिजीटल
प्रविधिले नेपाल निर्माणको परिकल्पना साकार पार्न सकिने क्यान महासंघका केन्द्रिय सदस्य सुदिप शर्माले बताउनुभएको छ । साधारण सभामा प्रमुख अथिती समेत रहनुभएका शर्माले क्यान महासंघले सूचना तथा सञ्चार माध्यमबाट जिल्लामा प्राविधिक सेवा, ज्ञान, सीप र दक्षता प्रदान गरी राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।
साधारण सभामा क्यान महासंघ सचिबले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक आर्थिक प्रगति प्रतिवेदन साधारण सभाबाट पारित गरिएको छ ।
क्यान महासंघ प्युठानका अध्यक्ष एकराज बुढाथोकीको अध्यक्षतामा भएको साधारण सभाको क्यान महासंघका केन्द्रिय सदस्य सुदिप शर्माको प्रमुख अतिथ्यता तथा प्रदेश सदस्य तुलस रोकाको उपस्थिति रहेको थियो।



S.K. Creative Media Group