प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका-५ का अध्यक्ष दधिराम पोख्रेललाई पितृ शोक परेको छ ।

पोख्रेलका बुबा भुपाराम उपाध्यायको आफ्नै निवास झिमरुक गाउँपालिका-५ चुधारामा पौष ७ गते बिहान निधन भएको हो । उहाँ ८२ बर्षको हुनुहुन्थ्यो । दम, मुटुको समस्या लगायत रोगले उहाँलाई निकै चापेको पारिवारिक स्रोतले जनाएको छ ।

केहिदिन अघिमात्र बुटवलमा उपचार गराएर प्युठान ल्याइएको थियो । उहाँलाई हिन्दु परम्परा अनुसार मच्छी स्थित झिमरुक नदि घाटमा दाहासस्कार गरिएको छ । उहाँका दिन भाइ छोरा मध्ये जेठो दधिराम पोख्रेल, माइलो रामप्रसाद पोख्रेल र कान्छो छोरा बिष्णुप्रसाद पोख्रेल रहेका छन् ।

उहाँलाई नेकपा एमालेले पार्टीको झण्डा ओडाएर अन्तिम दाहासस्कार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय