दाङ । दाङको तुलसीपुर स्थित हलवारमा बस्ने एक ब्यक्तिले रड प्रहार गरि आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
तुलसीपुर उपमहागनरपालिका-४, तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमति ४२ बर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
घटना शनिबार राति सवा १० बजेतिर घटेको बताइएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको जनाएको छ ।
मदिराले मातेका चौधरीले घर भित्रै श्रीमति लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले कार्यालयले जनाएको छ ।
पण्डुले श्रीमतिको हत्या पछि आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकी माथिपनि चौधरीले रड प्रहार गरि घाइते बनाएको बताइएको छ ।
घाइते छिमेकी एक युवा र एक महिला भने उपचार पछि राति नै घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।



S.K. Creative Media Group