प्यूठान । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाईएको छ । शुक्रबार प्यूठान नगरपालिका-९, स्थित बाल बिद्या माबिको प्राङ्गणमा वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा बिबिध कार्यक्रम गरि दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विष्णु बहादुर योगिले समाजमा हुने हरेक किसिमको हिंसा र दुर्ब्यबहारका बिरुद्ध डटेर अगाडि बढ्न सकेमात्र प्राप्त अधिकार स्थापित गर्न सकिने बताउनुभयो । जवसम्म आफु भित्र रहेको क्षमता, आत्म बिश्वास र सक्षमतालाई ब्यबहार ल्याउने हिम्मत गरिदैन तवसम्म समुदायले महिलाहरुप्रति हेर्ने दृष्टिकोण सदैव पुरातनवादी हुने भन्दै महिलाहरुको शसक्तिकरण र उनिहरुको हक अधिकारबारे सक्षम बनाउन स्थानीय सरकार निरन्तर लागिरहेको बताउनुभयो ।
महिलासंग क्षमता भएपनि समाजले महिलाहरु प्रति हेर्ने दृष्टिकोण कमजोर भएकै कारण महिलाहरु पछाडी पर्नुपर्ने स्थित रहेकोले त्यसको अन्त्यका लागी महिला नेतृत्वको भुमिकामा पनि परिवर्तन आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ र १० का वडा अध्यक्ष बिकास केसी र लोक बहादुर केसी लगायतले महिलाले आफ्नो अधिकारका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक रुपमा सशक्तीकरण हुन आवस्यक रहेको बताउनु भएको थियो।
कार्यक्रममा बोल्ने बक्ताहरुले कामगरी खाने महिलाहरुको न्यायिक संघर्षका लागि ११४ बर्ष अगाडी उठाएको मुद्धा अहिले पनि समय सान्दर्भिक रहेको बताए । तर अझैपनि समान कामका लागि समान ज्यालालाई कायर्नन्वय हुन नसकेको पुर्ण कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् ।
बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडा केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सचिब अस्मिता पोख्रेलको स्वागत र १० नम्बर वडा सचिब बिनिता बिष्टले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा भाले छोप्ने, कुर्सी दौड, घैटो फोर, नृत्य प्रतियोगिता सहित बिबिध साँस्कृतिक कार्यक्रम अआयोजना गरिएको थियो । प्रतियोगितामा बिजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।