महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकाले पालिका भित्र रहेका मेलमिलापकर्तालाई आवश्यक सामाग्री वितरण गरिएको छ । २६ जना मेलमिलापकर्तालाई मेलमिलाप तथा स्वअध्ययन सामाग्री प्रदान गरिएको हो ।
न्यायिक समितिका संयोजक तथा गाउँपालिकाको उपाध्यक्ष विस्ना थापाले कलह झगडा बिनाको शान्त समाजको परिकल्पना गरेर जिल्लामै उदाहरणीय पालिका बनाउन मेलमिलापकर्ताहरु अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले वडास्तरमा हुने झैझगडा बिवादलाइ गाउँ घरमै समाधान गर्न जनशक्ति उत्पादन गर्ने उदेश्यले यो अभियानको थालनी गरेको बताउनुभयो । गत पुस ९ गतेदेखी १७ गतेसम्म ४८ घण्टाको मेलमिलाप तालिम पालिकाले सञ्चालन गरेको थियो ।