
महेश थापा
बाहाने । नौबहिनी गाउँपालिका-६ काे वडा कार्यलयको शिलान्यास गरिएको छ । लुङको कुल घर(मन्दिर) नजिकै निर्माण हुन लागेको वडा भवनको वडा अध्यक्ष मान बहादुर केसीले शिलान्यास गर्नुभएको हो ।
वडा कार्यालयकाे भवन निर्माणका लागि गंगा मावि बाहनेका पुर्व प्रधानाध्यापक निरज बहादुर केसीले दुई राेपनि जग्गा नि:शुल्क प्रदान गर्नुभएको थियो । केसीका दिवंगत छाेरा राजन केसी र नातिनी राष्ट्रियता केसीकाे स्मृतिमा नि:शुल्क प्रदान गर्नुभएको थियो । राजन र राष्ट्रियता केसीकाे गत बर्ष घाेराही नजिकै माेटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो ।
वडा कार्यालय अहिले पुरानो गाबिस भवनबाट संचालन भईरहेको छ । भवन निर्माणका लागि ५० लाख रुपियाँ बजेट बिनियोजन भएको वडाले जनाएको छ ।