प्यूठान । प्यूठान नगरपालिका–४ स्थित कालिका मन्दिरलाई स्थानीय श्रीप्रसाद प्रधानको परिवारले निःशुल्क जग्गा प्रदान गरेको छ ।

४९.६८ वर्गमिटर जग्गा प्रधान परिवारले कालिका मन्दिर व्यवस्थापन तथा सु–व्यवस्थापन समाजलाई निःशुल्क दान दिएको हो ।

साथै सोही अवसरमा श्रीप्रसाद प्रधानको स्वर्गीय बुवा भगवती प्रसाद प्रधान र स्वर्गीय आमा ओतीलक्ष्मी प्रधानको स्मरणमा प्रतिमा अनावरण गरिएको छ । कालिका मन्दिर परिसरमा रहेको प्रतिमा प्रधान परिवारका सदस्यले संयुक्त रुपमा अनावरण गरिएको हो ।

उक्त अवसरमा ॐ शान्तिको भवन निर्माणका लागि ५० हजार रुपियाँ र साईराम परिवारलाई १० हजार सहयोग हस्तान्तरण गरिएको छ । श्रीप्रसाद प्रधान नेपाल औषधी व्यवसायी संघ प्यूठानका संस्थापक महासचिव समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय