जनक पन्थ, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रेसुङ्गा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे चयन हुनुभएको छ । नगरको दोस्रो अधिवेशनले सर्वसहमतिमा पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा देबिराम खनाल, सचिव देबिराम पाण्डे, सह- सचिव टोपबहादुर थापा र मिठु बोहरा चयन भएको नेकपा एमालेले जनाएको छ । बिहिवार राति अबेरसम्म चलेको अधिवेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नगर कमिटी अध्यक्षमा चयन भएका पाण्डे २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा पराजित उम्मेदवार समेत हुनुहुन्छ ।

नगरको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले उप-महासचिव प्रदीपकुमार ज्ञवाली, सचिव गोकर्ण बिष्ट सहित केन्द्र, प्रदेश र जिल्ला स्तारका नेता, जनप्रतिनिधि र कार्यकर्ताको सहभागीता रहेको थियो ।

एमाले गुल्मीले जिल्लाका सबै स्थानीय तहको अधिवेशन गरेर अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय