‘खेलकुदको बिकासमा सबैको सहकार्य जरुरी’

माया गिरी, प्युठान । झिमरुक गाउँपालिका-६ को मर्कावाङ्ग स्थिति गोयली खेलमैदानमा महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। आजदेखि झिमरुक गाउँपालिका वडा नम्बर ६ को आयोजनामा प्रतियोगिता सुरु भएको हो।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले प्रतियोगिताले खेलाडीको उज्ववल भविष्य सँगै खेलको संस्कृतीको बिकास गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले युवायुवतीलाई खेलकुदमा जोड्न सकेमात्र खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्ने बताउनुभयो। वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न यो खेलकुद प्रतियोगिता फलदायी हुने उहाँले बताउनुभयो।

उहाँले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा स्थानीय सरकारले चासो बढाएको पनि स्पष्ट पार्नुभयो । सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति स्थानीय सरकारले लिएको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले खेलकुदको विकासमा सबै सरकारले लगानीको दायरा फराकिलो बनाउदै जानुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रमा धेरै चुनौती रहेपनि सबैको सहकार्य भएमा उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

प्रतियोगिता आजबाट सुरु भएर असोज ३० गतेसम्म चल्ने वडा कार्यालयले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ १५ टिम र महिल तर्फ ५ टिम सहभागी रहेको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।

पुरुष भलिबल तर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार रहेको छ भने महिला भलिबल तर्फ प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने वडा सचिब चौधरीले जानकारी दिनुभयो।

वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षता र पित बहादुर महतरा क्षेत्री को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल, युवा विद्यार्थी नेता मिलन एमसी, युवा समाजसेवी निकेस पोख्रेल, समाजसेवी, भिमलाल नगरकोटी, शान्त बहादुर पुन, शिक्षक, विद्यार्थी, खेलाडी  लगायतको उपस्थिति रहेको थियो। वडा सचिब राम कुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन प्राबिधिक वासुदेव गिरीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय