प्युठान । झिमरुक गाउँपालिका स्थित मैनाके खेलमैदानमा क्रीकेट प्रतियोगिता सुरु भएको छ । झिमरुक गाउँपालिका-६, को आयोजनामा सुरु भएको क्रीकेट प्रतियोगिताको शुक्रबार गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै झिमरुक गाउँपालिका उपाध्यक्ष पोख्रेलले खेलकुद प्रतियोगितामा युवाहरूको आकर्षक बढ्दै गएको भन्दै यसलाई थप व्यवस्थित बनाउदै जानुपर्ने बताउनुभयो । खेलाडीको सहज पहुँचका लागि खेल क्षेत्रमा सबै सरकारले लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । खेलाडी राष्ट्र गौरव भएकोले वडा तहमा सामन्य पुर्वाधार निर्माण र सहज पहुँचमा ल्याउन सकेमात्र राम्रो खेलाडी उत्पादन गर्न सकिने उहाँले बताउनुभयो।

उपाध्यक्ष पोख्रेलले खेल क्षेत्र व्यक्तिको मात्र नभई वडा, पालिका, जिल्ला हुँदै राष्ट्र र अन्तराष्ट्रिय स्तरमा पुगेर सिंगो देशलाई चिनाउन सक्ने भन्दै अनुशासित तवरले आगामी दिनमा खेल क्षेत्रमा अगाडी बढ्न आग्रह गर्नुभयो ।

शुभ दिपावलीको अवसर पारेर सुरु भएको उक्त क्रीकेट खेल दुई दिनसम्म चल्ने वडा कार्यालयले जनाएको छ। उक्त प्रतियोगितामा वडा भित्रका १० टिमले सहभागी रहेको वडा सचिब राम कुमार चौधरीले जानकारी दिनुभयो ।

किकेट प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार नगद र मेडल प्रमाणपत्र प्रदान गरिने चौधरीले जानकारी दिनुभयो । म्यान अफ द सिरिज हुने खेलाडीलाई १ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने चौधरीले जानकारी दिनुभयो।

झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको प्रतियोगितामा, प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको रहेकी थियो । उक्त खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय