प्युठान । जिल्लाको बाग्दुला मच्छी ठुलाबेसी सडकको बतासेडाँडा-जिमुरखोला सडकखण्डको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने बिषयमा सर्वपक्षिय छलफल भएको छ ।
झिमरुक गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा सडक निर्माणको कामलाई अगाडि बढाउन सडकको दायाँबायाँ पर्ने आम उपभोक्ताहरु बिच घर टहरा हटाउने विषयमा सर्वपक्षिय छलफल भएको हो ।
जिल्लाको अति महत्त्वपूर्ण तथा व्यस्त सडकको रुपमा रहेको बाग्दुला मच्छी ठुलाबेसी सडकको बतासेडाँडाँ, जिमुरखोला सडक खण्डको क्षेत्राधिकारको दायाँ वायाँ रहेका घर गोठ, टहरा र संरचना हटाउने बिषयमा स्थानिय, सरोकारवाला लगाएतको समन्वयात्मक बैठक सम्पन्न भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सँगको सर्वपक्षीय छलफलले सडक खण्डको क्षेत्राधिकार भित्र रहेका घर गोठ, टहरा र संरचना हटाउने निर्णय भएको बताउनुभयो ।
सडकको क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउन ३५ दिन भित्र सडक क्षेत्र भित्र पर्ने आफ्ना संरचनाहरु स्वयम जग्गाधनीले नै हटाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रिका अनुसार सडक क्षेत्राधिकार भित्रका अलि नजिक पर्ने करिब ४ जनाको घरबासै नभएको पाइएको र उहाँहरुको उचित ब्यवस्थापनको लाफी गाउँपालिकाले उपाय खोजी गर्ने बताउनुभयो । अनेत्र जग्गा तथा घरबास नभएकोका त्यस्ता उपभोक्ताको बिषयमा आगामी बस्ने कार्यपालिका बैठकबाट निर्णय गरिने उहाँको बताउनुभयो ।
सडक निर्माणको क्रममा सडकको क्षेत्राधिकार भित्र ७.५ मिटर दाँया र ७.५ बाँया मा रहेका घर, टहरा तथा अन्य संरचना हटाउन गाउँपालिकाले ३५ दिने सुचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो । गाउँपालिकाले १५ मिटर सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सेजुवालले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल इन्जिनियर अशोक जिसी, स्थानीय उपभोक्ता सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।





S.K. Creative Media Group