प्युठान । अन्तरास्ट्रिय अपांगता दिवस प्युठानका ५ वटा स्थानीय तहले बिबिध कार्यक्रम गरि मनाएका छन । सरुमारानी गाउँपालिका, गौमुखि गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउँपालिकाले दिवस मनाएका हुन ।
दिवसको अवसरमा अन्तरक्रिया, सहायक सामाग्री वितरण, सम्मान लगायतका कार्यक्रम गरिएको थियो । गौमुखी गाउँपालिकाले राष्ट्रिय अपांग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीलाई सम्मान गरेको छ ।
अपांगताका सवाल यथावत
अंपागताका विभिन्न सवाल अहिले पनि कायमै छ । अपांगता भएका व्यक्तिका हक अधिकारलाई संविधानले सुरक्षित गरेपनि व्यवहारमा अझै कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्रि अपांग सेवा संघ प्यूठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले शिक्षा, स्वास्थ्य, रोजगारी, शीप तालिमका अवसरबाट अपांगता भएका व्यक्ति बञ्चित हुनुपरेको बताउनुभयो । “विभेद रहित समाजको आवश्यकता छ,” उहाँले भन्नुभयो,“संघले अधिकार प्राप्तीका लागि काम गर्दै आएको छ ।”