प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा “जेष्ठ नागरिक भेटघाट कार्यक्रमको” शुभारम्भ गरिएको छ । आइतबार देखि यो कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
“जेष्ठ नागरिक भेटघाट कार्यक्रमको” मंसिर २५ गतेदेखि झिमरुक गाउँपालिकाको वडा नम्बर ७, का बृद्धबृद्धाहरु सँगको भेटभाट र स्वास्थ्यकर्मीबाट स्वास्थ्य चेकजाँच संगै उपचार सेवा दिएर कार्यक्रमको सुरुवात गरिएको छ ।

यो कार्यक्रम शुभारम्भ भएपछि बृद्धबृद्धालाई घर आगनमै पुगेर स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले बताउनुभयो । गाउँपालिका भित्र रहेका जेष्ठ तथा अति अशक्त नागरिकको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच सेवा पाउने भएपछि बृद्धबृद्धा लाभान्वित हुने स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।
पालिकाले वडा स्तरमा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा गर्न लागेको उक्त सेवा मंसिर २४ गतेदेखि ३० गतेसम्म एक हप्ताको लागि संचालन गरिने गाउँपालिका अध्यक्ष पित बहादुर एमसीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गर्ने अशक्त जेष्ठ नागरिकले यो सेवा लिन पाउने बताउनुभयो। यो सेवा लिन अस्पताल पुग्न पर्दैन। उहाँले भन्नुभयो, ‘बृद्धबृद्धाको सहयोगमा स्वास्थ्यकर्मी घरमै आउनुहुन्छ।’
कार्यक्रमले जेष्ठ तथा अति अशक्त “जेष्ठ नागरिक भेटघाट कार्यक्रमले” झिमरुकका आठवटै वडाका जेष्ठ तथा अति अशक्त नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष एमसीको भनाइ छ । जनताको सहजताको लागि गाउँपालिकाले यो कार्यक्रमलाई प्राथमिकता दिएर बृद्धबृद्धाको माझ लैजान लागेको अध्यक्ष एमसीले बताउनुभयो ।
पालिकाका सबै वडाका घरमै पुगेर बिरामीको सुगर, प्रेसर, शरीरमा प्रोटिनको मात्रा, क्षयरोग, अन्य सरुवा रोग ब्लड प्रेसर, लगाएत सम्पुर्ण चेकजाँच गरिने झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभएको छ । उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने जेष्ठ नागरिक अति अशक्तले उपचार सेवाबाट राहत पुग्ने शाखा प्रमुख केसीले बताउनुभयो ।



S.K. Creative Media Group