काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएको लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प शुक्रबार साँझ ८ बजेर १० मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो भने दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का लुम्बिनी, कर्णाली लगायतका आसपासका जिल्लाहरूमा महसुस भएको थियो । भुकम्पको धक्का प्युठानमा पनि गरिएको थियो । पश्चिम नेपालमा यसअघि पनि पटकपटक भूकम्प गएको थियो। भर्खरै गएको भुकम्पले के कति क्षति गर्यो सो बारे अझै जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय